६ आश्विन २०८१, आइतबार

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले बोलायो आकस्मिक बैठक

प्रकाशित मिति :  21 May, 2021 6:50 am


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको हो ।

राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि हिजो प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको समेत कांग्रेसले ठहर गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हिजो अबेर विज्ञप्ति जारी गर्दै आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !