६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओली र राष्ट्रपतिले संविधान,लोकतन्त्र र जनमतमाथि गर्नुसम्म अपमान गरे : नेता पुन

प्रकाशित मिति :  21 May, 2021 6:57 am


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपतिले संविधानमाथि हदसम्मको मजाक गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेपछि नेता पुनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्,“अब त अति भयो !”

विश्वास लिन नचाहने प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै केपी ओली र राष्ट्रपतिले संविधान,लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरेको टिप्पणी गर्दै नेता पुनले यसको इतिहास र जनताले यसको जवाफ खोज्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !