६ आश्विन २०८१, आइतबार

बाबुराम भट्टराईले भने,‘लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँ ! आजै गरौं,अहिल्यै गरौं’

प्रकाशित मिति :  21 May, 2021 8:58 am


काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकारका लागि सबैलाई आग्रह गरेका   छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न आज बेलुकी ५ बजेसम्मको समय दिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वैकल्पिक सरकार दिन नसके इतिहासले धिक्कार्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिउँ ! आजै गरौं,अहिल्यै गरौं !”

उनले संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न भएको भन्दै जे गरेर रक्षा हुन्छ त्यही गर्न र आवश्यक त्याग र बलिदान गर्नुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !