६ आश्विन २०८१, आइतबार

नयाँ सरकार गठनका लागि दलको दौडधुप तिब्र,कहाँ के हुँदैछ ?

प्रकाशित मिति :  21 May, 2021 12:16 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आज बेलुकी ५ बजेसम्म दाबी पेश गर्न समय दिएपछि विपक्षी दलहरू तिब्र दौडधुपमा लागेका छन् ।

नेपाली कांग्रेसले बिहान पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाए छलफल गरेको छ । छलफलले आवश्यक परे राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनेबारे समेत छलफल गर्न सकिने बताएको छ ।

कांग्रेसको छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति बुढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लचक देखिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षीय सांसदको सिंहदरबारमा बैठक जारी छ । माओवादी केन्द्रलेपनि स्थायी कमिटी बैठक बोलाएको छ ।

राष्ट्रपति भण्डारीले दिएको समय घर्किदै गएपनि विपक्षी दलले अझै साझा धारणा बनाउन सकेका छैनन् र तिब्र छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस !