६ आश्विन २०८१, आइतबार

जसपामा विवाद : अध्यक्ष ठाकुरले एकपक्षीय ढंगले स्थगित गरे केन्द्रीय कार्यकारिणी बैठक

प्रकाशित मिति :  21 May, 2021 12:51 pm


काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद चर्किदै गएको छ ।

यसअघि अध्यक्ष ठाकुर र उपेन्द्र यादवले संयुक्त केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका थिए । तर ठाकुरले आज विज्ञप्ति जारी गर्र्दै एकपक्षीय ढंगले बैठक स्थगित गरिदिएका हुन् ।

ठाकुरले कोरोना संक्रमणको बढ्दो कारण देखाउँदै अनिश्चित कालका लागि स्थगित गरेको उल्लेख गरेका छन् ।

जसपामा ठाकुरपक्ष प्रधानमन्त्रीलाई ओलीलाई समर्थन गरेर सरकारमा सहभागि हुने तयारी गरेको छ भने डा. बाबुराम भट्राई र उपेन्द्र यादव पक्ष भने ओलिको विकल्प खोल्नुपर्ने पक्षमा छ ।

तर यसअघि ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रिय सहमतिको सरकार या आफ्नो पार्टी नेतृत्वको भए मात्रै सरकारमा सहभागि नभए प्रतिपक्षमा बस्ने उल्लेख गरेका थिए । तर सबै सहमति उल्लघंन भएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !