अब सम्झनामा मात्र केडिया अर्गनाइजेसनका अभिभावक विश्वनाथ केडिया
काठमाडौं । नेपालको दोस्रो ठूलो औद्योगिक घराना केडिया अर्गनाइजेसनले कोरोना भाइरसका कारण अभिभावक गुमाएको सुक्रबार १३ दिन पुगेको छ ।
उद्योगी सुमित केडियाका बुबा तथा केडिया अर्गनाइजेनलका निर्देशक विश्वनाथ केडिया अब सम्झनामा मात्र रहेका छन् ।
केडियाको वर्ष ७२ वर्षको उमेरमा गत वैशाख २८ गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो । केडिया अर्गनाइजेसनले युवा सदस्य प्रधुम्न केडियाको पनि २१ वर्षको उमेरमा गुमाउनु परेको छ ।
केडिया समूहले पुस्तौदेखि नेपालको कृषि, निर्माण, शिक्षा, वित्तीय लगायतको उद्योगमा लगानी गर्दै आएको छ ।
समूहले प्रेस विज्ञप्ति जारी गर्दै दुःखको समयमा सहयोग तथा सहानुभूति जारी गर्ने सबैमा धम्यवाद ज्ञापन गरेको छ ।
“जिवनमा भुल्न नसक्ने यो दुस्खद् घडिमा हाम्रो परिवारमा प्रत्यक्ष ,अप्रत्यक्ष, विभिन्न माध्यमबाट साथ सहयोग गरि हामीलाई सान्त्वना दिई धैर्य धारण गर्न प्रेरणा दिनुहुने सबैमा विशेष धन्यवाद दिन चहान्छौं,” विज्ञप्तिमा भनिएको छ ।
छाेटाे विज्ञप्तिमा थप भनिएकाे छ, “यहाँहरु सबैको साथ सहयोग र सद्भावको सदा अपेक्षा गर्दै आगामी दिन देश, समाज, परिवार, नातागोता, इष्ट्मित्र, आफन्तजन प्रति थप जिम्मेवारी बोध गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।”