६ आश्विन २०८१, आइतबार

विश्वासको मत प्राप्त नहुने भएपछि कर्मकाण्डको साटो मार्गप्रशस्त गरेको हो : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  21 May, 2021 1:10 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने सम्भावना नभएकाले कर्मकाण्ड पुरा गर्नुको साटो नयाँ सरकारका लागि मार्ग प्रशस्त गरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले बजेट ल्याउने समय निकै काम भएको र आफूले पनि विश्वासको मत पाउने सम्भावना नभएकाले मार्ग प्रशस्तका लागि राष्ट्रपतिलाई आग्रह गरेको बताए ।

उनले भने,“विश्वासको मत कर्मकाण्ड पुरा गरेर अनि विश्वासको मतबाट फेरि पराजित भएर संविधानको अर्को धारामा गइरहने समयको सुविधा हामीलाई छैन भनेर आग्रह गरिएको हो । यसमा कुनै छलछाम छैन, छलेर सरकार कब्जा गर्न खोजिएको होइन ।”



प्रतिक्रिया दिनुहोस !