६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सहमतिको सरकार प्रस्ताव

प्रकाशित मिति :  21 May, 2021 1:27 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरेका छन् ।

बालुवाटारमा पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूले मार्ग प्रशस्त गरिसकेको भन्दै वैकल्पिक नयाँ सरकार बनाउन वा आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नयाँ सरकार बने आफूले स्वागत गर्ने बताए । उनले भने,“मैले मार्ग प्रशस्त गरेको छु । यसमा षडयन्त्र कहाँ भयो ? तपाईहरू सरकार बनाउनुस् म स्वागत गर्छु ।”

उनले आफ्नो नयाँ सरकार बने रचनात्मक सहयोग हुने बताए । उनले भने,“सधैको खिचखिच होइन । सधै सहयोगि भावनाका साथ मेरो दल प्रस्तुत हुने छ ।”

उनले नयाँ सरकार बनाउन नसके आफूलाई समर्थन गर्न उनले आग्रह गरे । उनले भने,“ कसले विघटन गर्न खोज्यो संसद ? आउनुस् मलाई समर्थन गरौं । समर्थन मात्रै होइन सहयात्रा गरौं । राष्ट्रिय सरकार बनाउँ । यस्तो बेलामा सबैभित्र कोभिड-१९ का विरुद्ध लडौं ।”

उनले यो प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवालाईपनि फोनमा प्रस्ताव गरिसकेको प्रधानमन्त्री ओलीले जानकारी दिए । आफूले देउवालाई वैकल्पिक सरकार बनाउन वा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरिसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !