६ माघ २०८१, आइतबार

लुम्बिनी प्रादेशिक तथा कोरोना विशेष अस्पतालमा उपचाररत ४ जनाको मृत्यु

प्रकाशित मिति :  21 May, 2021 1:45 pm


रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल तथा कोरोना विशेष अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी विष्णु गौतमका अनुसार रुपन्देहीका १, नवलपरासी बर्दघाटका २ र गुल्मीका १ जना रहेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका १० का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ५ गते भर्ना भएका उनको हिजो कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारका क्रममा हिजो बेलुकी ७ बजेरित उनको निधन भएको अस्पतालले जनाएको छ । त्यस्तै गुल्मी चन्द्रकोट ४ कि ५६ वर्षीय महिलाको मृत्यु भएको छ ।

जेठ ५ गते अस्पताल भर्ना भएकी उनको आज बिहान ४ बजे निधन भएको हो । त्यस्तै बर्दघाट ४ नवलपरासीका ६२ र ३९ वर्षका पुरुषको पनि आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !