गण्डकी प्रदेशमा १,०५३ जना कोरोना संक्रमित थपिए,१९ जनाको मृत्यु
प्रकाशित मिति : 21 May, 2021 4:34 pm
काठमाडौं । गण्डकी प्रदेशमा १,०५३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ४९९ जना महिला र ५५४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । त्यस्तै १९ जनाको ज्यान गएको छ ।
निर्देशनालयका अनुसार संक्रमित मध्य कास्कीमा ३८३ जना, बागलुङमा २०४ जना र म्याग्दीमा १०७ जना रहेका छन् । त्यस्तै गोरखामा ९८ जना, नवलपरासी पूर्वमा ७४ जना, पर्वतमा ६५ जना, तनहुँमा ५४ जना, लमजुङ्मा ३६ जना,स्याङ्जामा ३२ जना संक्रमित थपिएका छन् ।
मुस्ताङ,मनाङ र म्याग्दीमा भने पछिल्लो २४ घण्टामा कुनै संक्रमित भेटिएका छ्रनन् । त्यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा कास्कीमा ९, पर्वत र तनहुँमा ३/३ जना तथा स्याङ्जा र नवलपरासी पूर्वमा २/२ जनाको मृत्यु भएको छ ।