६ आश्विन २०८१, आइतबार

नयाँ प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी दर्ता,बलियो को ?

प्रकाशित मिति :  21 May, 2021 5:08 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न दिएको समय सकिएको छ ।

राष्ट्रपति भण्डारीले दिएको समयभित्र नयाँ प्रधानमन्त्रीका लागि अहिलेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ जना गरि १५३ जनाको समर्थन रहेको भन्दै ओलीले फेरि प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

काग्रेस सभापति शेरबहादुर देउवाले १४९ जनाको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरेका छन् । देउवालाई नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले समर्थन गरेको छ । नयाँ सरकार गठनमा जसपा विभाजित भएको छ भने एमालेपनि विभाजित भएको छ ।

माधव नेपाल पक्षले देउवालाई समर्थन गरेपनि ओलीले पनि आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका छन् । जनता समाजवादी पार्टीका सांसदबारेपनि संख्या बाझिएको छ ।



प्रतिक्रिया दिनुहोस !