रुपन्देहीमा ३७० जना कोरोना संक्रमित थपिए,बुटवल उपमहानगरपालिकामा मात्रै ११२ जना
प्रकाशित मिति : 21 May, 2021 5:24 pm
रुपन्देही । रुपन्देहीमा ३७० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३७० कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमित मध्य ११२ जना बुटवल उपमहानगरपालिकामा मात्रै भेटिएका छन् ।
त्यस्तै तिलोत्तमा नगरपालिकामा ७९, सैनामैना नगरपालिकामा ६२ जना, र सिद्धार्थनगर नगरपालिकामा ३९ जना संक्रमित थपिएका छन् । रुपन्देहीमा कोरोना संक्रमणको पछिल्लो विवरण :