६ आश्विन २०८१, आइतबार

राप्रपा अध्यक्ष थापाले भने,‘संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, चुनाव घोषणा होस्’

प्रकाशित मिति :  21 May, 2021 5:56 pm


काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले चुनाव घोषणाको माग गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५)अनुसार नयाँ सरकार गठनका लागि दाबी गर्न दिएको समय लगत्तै थापाले नयाँ चुनाव घोषणाको माग गरेका हुन् ।

नयाँ प्रधानमन्त्रीका लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवामो दाबी गरेका छन् । तर अध्यक्ष थापाले दुबै दाबीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’आधार नभएको दाबी गरेका छन् । उनले दुबै दाबी जाली/किर्ते भएको दाबी गरेका छन् ।

उनले भनेका छन्,“दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !