६ आश्विन २०८१, आइतबार

हात उठाएका व्यक्तिलाई फेरि प्रधानमन्त्रीको कल्पना संविधान र लोकतन्त्रले गरेको छैन : नेता पुन

प्रकाशित मिति :  21 May, 2021 6:23 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एकहप्ता अघि संसदमा विश्वास नगरिएका र हिजो मात्रै हात उठाएका व्यक्तिलाई फेरि प्रधानमन्त्रीको कल्पना संविधान,लोकतन्त्र र जनमतले नगरेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति कार्यालयमा नयाँ प्रधानमन्त्रीका लागि वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दाबी गरेपछि पुनको यस्तो टिप्पणी आएको हो ।

उनले १४९ सांसदको हस्ताक्षर सहित शेरबहादुर देउले प्रधानमन्त्रीको दाबी गरेको भन्दै संविधान बमोजिम राष्ट्रपतिबाट सहजरूपमा प्रधानमन्त्री नियुक्ती गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले ओलीप्रति टिप्पणी गर्दै सामाजिक सञ्जालमा भनेका छन्,एकसाता अघि संसदबाट अबिश्वास गरिएका,हिजो मात्र हात उठाएकालाई फेरि प्रधानमन्त्रीको कल्पना संबिधान,लोकतन्त्र र जनमतले गरेको छैन ।”



प्रतिक्रिया दिनुहोस !