६ आश्विन २०८१, आइतबार

कांग्रेसले सरकार दाबीका लागि समर्थन गर्ने सांसदको संख्या सार्वजनिक गर्‍यो, कुन दलका कति ?

प्रकाशित मिति :  21 May, 2021 7:52 pm


काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि आफूलाई समर्थन गर्ने दल र उक्त दलका सांसदको संख्या सार्वजनिक गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेसका सभापति शेबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन दिने सांसदको संख्या सार्वजनिक गरेको हो ।

कांग्रेस संसदीय दलका अनुसार नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेका २६, जनता समाजवादी पार्टी,नेपालका १२ र राष्ट्रिय जनमोर्चाका १ जना गरि १४९ जनाले समर्थन गरका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ५ बमोजिम सरकारको नेतृत्व दाबीका लागि समय दिएकी थिइन् । दिइएको समयभित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी परेको छ ।



प्रतिक्रिया दिनुहोस !