६ आश्विन २०८१, आइतबार

पार्टी एकता जोगाउन सकिन्छ कि भन्ने आशाले देउवाको पक्षमा हस्ताक्षर गरिन : भट्टराई

प्रकाशित मिति :  21 May, 2021 8:09 pm


काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन सकिन्छ कि भनेर कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर नगरेको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका छन् । तर भट्टराईले हस्ताक्षर गरेनन् ।

उनले आजको दि राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन भनेका छन्,“ मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।”



प्रतिक्रिया दिनुहोस !