६ आश्विन २०८१, आइतबार

राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन, चुनावको मिति घोषणा

प्रकाशित मिति :  22 May, 2021 6:10 am


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मध्यरातमा नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम नयाँ चुनावको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकेकी छन् ।

प्रधानमन्त्रीको सिफारिस अनुसार प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी गर्न हिजो बेलुकी सम्मको समय दिएकी थिइन् ।

राष्ट्रपतिको आह्वान अनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका थिए । तर राष्ट्रपति कार्यालयले दुबैको दाबी नपुगेकाले प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने जानकारी गरायो ।

जानकारी लगत्तै राती नै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीलाई चुनावको मिति घोषणा गर्न सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले चुनावको मिति घोषणा गरेकी हु्न् ।



प्रतिक्रिया दिनुहोस !