६ आश्विन २०८१, आइतबार

कांग्रेस प्रवक्ता शर्माको चेतावनी,‘महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ’

प्रकाशित मिति :  22 May, 2021 6:49 am


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने चेतावनी दिएका छन् ।

प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,“अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ ।”

उनले संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी समेत दिएका छन् ।

उनले भनेका छन्,“हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ,” शर्माले भने ।

शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेपछि कांग्रेस प्रवक्ता शर्माको यस्तो धारणा आएको हो ।



प्रतिक्रिया दिनुहोस !