६ आश्विन २०८१, आइतबार

कांग्रेस नेता थापाको निष्कर्ष : देशघाती जोडी यत्तिमै रोकिने वाला छैनन्, प्रतिरोध गरौं

प्रकाशित मिति :  22 May, 2021 8:46 am


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको टिप्पणी गरेका छन् ।

ट्वीट गर्दै थापाले महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै नरोकिने निष्कर्ष निकालेका छन् । उनले भनेका छन्,“नेतागण ! नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।”

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको संविधान र र संसद नै मन नपरेको बताएका छन् ।

उनले भनेका छन्,“ खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए !”



प्रतिक्रिया दिनुहोस !