६ माघ २०८१, आइतबार

बाँकेमा उपचाररत थप ८ जना कोरोना संक्रमितको निधन

प्रकाशित मिति :  22 May, 2021 11:01 am


बाँके । बाँकेमा उपरचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४–४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिए ।

उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा बाँके कोहलपुर-१० की ४४ वर्षीया महिला, तुलसीपुर-१० दाङका ५२ वर्षीय पुरुष, नेपालगञ्ज-६ का ५० वर्षीय पुरुष र मधुवन-७ बर्दीयाका ५७ वर्पीय पुरुष रहेका छन् ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर-६ बाँकेकी ५२ वर्षीया महिला, भिमदत्त-२ कञ्चनपुरका ५४ वर्षीय पुरुष, जोशीपुर-१ कैलालीका ५० वर्षीय पुरुष र लमही- २ दाङकी ६८ वर्षीया महिलाको पनि मृत्यु भएको ओलीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !