१२ मंसिर २०८१, बुधबार

भारतको निर्वाचनमा खटिएका १६ सय कर्मचारीको कोभिड संक्रमणबाट मृत्यु

प्रकाशित मिति :  22 May, 2021 11:33 am


पाइल तस्बिर

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसका बेला सम्पन्न भएको पञ्चायत निर्वाचनमा खटिएका सरकारी कर्मचारीहरूमध्ये १६२१ जनाको कोभिड–१९ संक्रमण भएर मृत्यु भएको छ ।

अन्य निर्वाचनमा खटिएर र भाग लिएकाहरूमध्ये कति कोभिड संक्रमणले मरे त्यसबारे यकिनसम्म गरिएको छैन् । चार चरणमा भएको निर्वाचनमा ३ लाख शिक्षक खटिएको उत्तर प्रदेशका शिक्षक संगठनले जनाएको छ ।

संगठनका अनुसार पञ्चायत निर्वाचनमा कर्तव्य निर्वाह गरेको सिलसिलामा कोभिड–१९ संक्रमिति भइ कम्तीमा १६२१ जना शिक्षकको मृत्यु भएको छ । ती मध्ये ३० जना स्कूल कर्मचारी रहेको बाँकी सबै १५९१ शिक्षकहरू रहेका अलजजीराले जनाएको छ ।

यो उत्तर प्रदेशको पञ्चायत निर्वाचनसम्बन्धी जानकारीको आधारमा डेढ हजार बढी शिक्षक मात्रको मृत्यु भएको छ । अन्यको गणना गरिएको छैन।

सरकारी स्कूलको प्रधानाध्यापक अनिकेत कुमारका आमाबाबुको मृत्यु दश दिन भित्रै भयो । उनका ५९ वर्षीय पिता लल्लन राम र ५५ वर्षीया माता मीना कुमारी उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाको सरकारी कर्मचारीहरूलाई सो प्रदेशका गाउँ पञ्चायतको निर्वाचनमा काम गर्न अघि दिइने तालिम दिन अप्रिल महिनाको सुरुआतमा एक शिविरमा सहभागी भएका थिए ।

२२ करोड जति जनसंख्या भएको उत्तर प्रदेशमा दोस्रो कोरोना लहरका बेला गाउँ पञ्चायतको निर्वाचन गरियो । चार चरणमा गरिएको सो निर्वाचनमा १३ लाख उम्मेदवारका लागि ८ मतदान केन्द्र तोकिएको थियो ।

२६ वर्षीय प्रधानाध्यापक कुमारले जनाएअनुसार कोभिडको खतरामा परेको उच्च जोखिम समूहमा रहेका उनका आमाबाबुलाई निर्वाचनमा दिइएको जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता थोपिएको थियो ।

तालिम शिविरबाट अप्रिल ११मा फर्किएका उनका आमाबाबुमा ज्वरो देखियो । अप्रिल २०मा र्‍यापिड एन्टीजेन टेस्टमा निगेटिभ आए पनि त्यसको दुई दिनपछि पीसीआर टेस्ट गरियो तर अस्पतालबाट रिपोर्ट आउन ढिला हुँदा कुनै अस्पतालले रिपोर्ट बिना भर्ना लिन नमानेको उनले जनाएका छन् ।

बाबुका मित्रको सहयोगमा ७७ किलोमिटर टाढा गोरखपुरको एक निजी अस्पतालमा भर्ना गराउने प्रबन्ध मिल्यो । तर २६ अप्रिलमा उनको मृत्यु भयो । बाबुको अन्त्येष्टि गरी फर्केको अर्को दिन आमा मीनाको स्थिति अचानक बिग्रिन थाल्यो । एक साता पछि आमाको कोभिड १९बाट मृत्यु भयो ।

सरकारको लापरवाहीले मेरो संसार नै समाप्त भयो मैले मेरा आमाबाबु गुमाउन पुगेको बताउँदै कुमारले मिडियालाई जानकारी दिएका छन् ।
यो सबै कोरोनाभाइरस महामारीको मापदण्ड उल्लंघन गरी गरिएको निर्वाचनको कारण नै मेरा आमाबाबुको मृत्यु भएको उनको ठहर छ ।

शिक्षक संगठनले उत्तरप्रदेश मुख्यमन्त्री आदित्यानाथसँग वित्तीय सहयोग गरन र तिनका आश्रित परिवारलाई रोजगार दिन माग गरेको छ ।
१२ मेका दिन इलाहाबाद उच्च अदालतले कोभिड–१९को बेला भएको निर्वाचनमा खटिएर ज्यान गुमाउनेहरूको परिवारलाई थप क्षतिपूर्ति दिन प्रदेश सरकारलाई आदेश दिएको छ ।

तर उत्तर प्रदेश सरकारले १६०० बढीको कोभिड–१९का कारण मृत्यु भएको दाबीलाई अस्वीकार गरेको छ । सरकारले भने तीन जना मात्र मरेको जनाएको छ । शिक्षक संगठनको दाबी गलत भएको सरकारकाे भनाइ छ ।

भाजपाका प्रतिपक्षी दलका नेताले सरकारको हेलचक्राइँ र बेवास्ताले गर्दा हजार बढी शिक्षकको मृत्यु भएको जनाएका छन् ।
उत्तर प्रदेश मात्रै होइन हालै पश्चिम बंगला लगायत पाँच प्रदेशमा प्रादेशिक सरकारको निर्वाचन सम्पन्न भएको र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका मन्त्री एवं नेताहरूको आमसभा भएका थिए । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस !