६ आश्विन २०८१, आइतबार

पार्टीको आकस्मिक बैठक लगत्तै कांग्रेस सभापति देउवाको अपिल

प्रकाशित मिति :  22 May, 2021 1:04 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्ति एकजुट हुन आह्वान गरेका छन् ।

सभापति देउवाले आज विज्ञप्ति जारी गरेर सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीे षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गरेको बताएका छन् ।

उनले भनेका छन्,“नेपाली कांग्रेस यी सबै कार्यको घोर भत्र्सना र निन्दा गर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न म आह्वान गर्दछु ।”

बर्तमान सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको देउवाको भनाई छ । देउवाको अपिल यस्तो छ :



प्रतिक्रिया दिनुहोस !