६ आश्विन २०८१, आइतबार

प्रम ओलीले दिए निर्वाचन तयारी तीव्र बनाउन निर्देशन

प्रकाशित मिति :  22 May, 2021 3:01 pm


काठमाडौं । मध्यरातमा प्रतिनिधि सभा विघटनको सि‌फारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएर निर्वाचनको तयारी थाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरूलाई बो‌लाएर उनले सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले अब निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको भन्दै निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीको सि‌फारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यरातमा आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !