गण्डकीमा कोरोना संक्रमित थप २१ जनाको मृत्यु, कास्कीमा मात्रै १२ को निधन
प्रकाशित मिति : 22 May, 2021 4:42 pm
काठमाडौं । गण्डकी प्रदेशमा ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २५७ जना महिला र २६६ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
संक्रमित मध्य नवलपरासी पूर्वमा १३८, म्याग्दीमा १०४, स्याङ्जामा ८०, तनहुँमा ५६,गोरखामा ५५, कास्कीमा ५१, लमजुङमा ३२, बागलुङमा ६, र पर्वतमा १ जना संक्रमित भेटिएका हुन् ।
मुस्ताङ र मनाङ्मा भने पछिल्लो २४ घण्टामा कुनै संक्रमित भेटिएका छैनन् । त्यस्तै २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १२, स्याङ्जाका ६, तनहुँ, पर्वत र म्याग्दीका १/१ जना रहेका छन् ।