३ आश्विन २०८१, बिहिबार

एयरलाइन्समा नेपालमा उत्पादित दूध तथा दुग्ध पदार्थ खपतको व्यवस्था मिलाइने

प्रकाशित मिति :  22 May, 2021 7:04 pm


काठमाडौं । ठूलो मात्रामा दूध तथा दुुग्ध पदार्थ स्टकमा रहेको र वर्षेनी दूध उत्पादन बढ्ने अवस्थालाई ख्याल गरेर ठोस पहल अगाडि बढाइएको छ ।

पहिलो तथा दोस्रो लहरको कोरोनाका कारण करोडौंको बटर तथा धुलो दूध स्टकमा रहेको गुनासो बढिरहदा नेपाली एयरलाइन्समा नेपालकै उत्पादन खपत गर्ने गरि औपचारिक पहल सुरु भएको छ ।

यसअघि राष्ट्रिय दुग्ध विकास बोर्डको पहलमा कुखुरामा प्रयोग गरिने धुलो दूध नेपालकै उत्पादन प्रयोग गर्ने गरी दुग्ध उद्योग र पोल्ट्री उद्योगीबीच आपसी समझदारी गरिएको छ । यसअघि कुखुरा उत्पादनमा प्रयोग गरिने दूध विदेशबाट आयात गर्दै आइएको छ ।

शनिबार मात्र कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्यमा अर्यालले एयरलाइन्समा नेपालमै उत्पादित दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।

राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले वायुसेवा निगमसँग छलफल गर्दा बटर, दही लगायतका दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएकोले नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।

“नेपाल वायुसेवा निगमको प्रमुखसँग छलफल गर्दा बटर, दही लगायतका सामाग्री बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको पाइयो, यी कुरालाई रोकेले स्वदेशमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिनुपर्ने छ” उनले भनिन् ।

उनले एकसाताभित्र प्रगति प्रतिवेदन उपलब्ध गराउन संस्थानलाई निर्देशन गरिन् । खासगरी घ्यु, नौनी, चीज लगायतका उत्पादनको बजारीकरण अर्थमन्त्रीसँग सफ्ट लोनको विषयमा कुराकानी भइरहेको भन्दै उहाँले दुग्ध किसानको बक्यौता चुक्ताका लागि हालसम्म स्टकमा रहेको सामाग्री सरकारले खरिद गर्ने विषय उठेकाले सहजीकरण गर्न संस्थानलाई निर्देशन दिएकी हुन् ।

तत्काल किसानको भुक्तानी गर्ने, ज्वलन्त समस्या कसरी समाधान गर्ने भन्ने विषयमा विकल्पसहित छलफल गरी निश्कर्ष निकाल्न समेत निर्देशन दिइन । उनले अनलाइन बजार सिस्टममा जानका निम्ती समेत २(३ दिनमा छलफल गरी निश्कर्ष निकाल्न निर्देशन दिइन ।

स्थानमा गत वर्षको स्टक काम नलाग्ने अवस्थामा पुगेको, हालको स्टक अनि बजारीकरणलाई नेपाली सेना, प्रहरी, सिँहदरवारमा अनिवार्य, प्याब्शन, एनप्याब्शन लगायतमा खपत गरी स्टक क्लियरेन्स हुने र थप बजारीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिवद्वय योगेन्द्रकुमार कार्की, डा. विमलकुमार निर्मल, संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले संस्थानलाई समयअनुसार अगाडी बढाउन आग्रह गरिन ।



प्रतिक्रिया दिनुहोस !