३ आश्विन २०८१, बिहिबार

लोक गायिका प्रीति आलेको ‘रक’ अवतार

प्रकाशित मिति :  23 May, 2021 11:10 am


काठमाडौं । नेपाली लोकदोहरी क्षेत्रकी लोकप्रिय गायिका प्रीति आले पहिरनको कारण प्राय चर्चा र विवादमा रहने गर्छिन् ।

लोक दोहरी क्षेत्रमा लामो समयदेखि सकृय गायिका आले फेसनले मात्रै होईन आफ्नै गीतलेपनि विवादमा तानिने गर्छिन् । प्रशंसा होस् वा आलोचना जे भएपनि लोकदोहरी क्षेत्रमा चर्चामा रहिरहने नाम हो,प्रीति आले ।

उनले केही समय अघि उनले दोहोरी ब्याटल गीत सर्वाजनिक गरेपछि विवादसँग चर्चापनि कमाइन् । कोरोनाको महामारीले नयाँ गीत सार्वजनिक गर्न नसकेको उनको भनाई छ । लुम्बिनी सञ्चारसँग कुरा गर्दै उनले भनिन्,“कोरोनाको माहामारी लगतै नयाँ कोशेलीकासाथ उपस्थित हुने तयारी गरिरहेको छु ।”

गायिका आले सामाजिक सञ्जालमा निकै सक्रिय रहन रुचाउने गायिका हुन् । आफ्ना लाखौ फ्यान र फलोअर्सहरूका लागि सधै सामाजिक सञ्जालमा आफू अपडेट रहने उनले बताइन् ।

लोकदोहरी क्षेत्रमा निकै रुचाइएकी गायिका आले आफूले फरक शैलीमा दर्शक श्रोतालाई फरक स्वाद पस्कन क्षमता राख्न उनको दाबी छ । आफ्नो फरक शैली र फरकपनलाइ नेपाली दर्शक श्रोताले रुचाएको समेत उनको विश्वास छ ।

पर्दा र स्टेजहरूमा ‘हट अवतार’मा प्रस्तु हुने गायिका आले आफ्नो दैनिक जीवनमा भने सामान्य देखिन्छिन् । गायिकीका साथै सामाजिक कार्यहरूका सक्रिय हुन रुचाउने गायिका  प्रीति आलेको ‘रक’ अवतार :

फोटो : गायिका ओलेको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस !