६ आश्विन २०८१, आइतबार

बादलसँग चुनाव लडेका देवकोटाको खुलासा,‘मलाई उमेदवारी फिर्ता लिन पटक पटक थर्काइयो’

प्रकाशित मिति :  23 May, 2021 2:35 pm


काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त रहेको पदमा एमाले उमेद्वार रामबहादुर थापा ‘बादल‘सँगै चुनाव लडेका डा. खिमलाल देवकोटाले उमेद्वारी फिर्ता लिन पटक पटक थर्काएको खुलासा गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै डा. देवकोटाले आफूलाई चुनावबाट पछाडि हट्न धेरैले फकाएको थर्काएको भन्दै आवाज रेकर्ड समेत राखेको बताएका छन् । उनले फेसबुकमा लेख्दै भनेका छन्,“व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याकअप हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । कसै कसैको त आवाज रेकर्डनै राखेको छु । तर म अडिग रहें । ”

विचलित भएको भए आफूमात्र होईन अन्य स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो र हामी कलंकित हुने थियौं भनेका छन् ।

उनले भनेका छन्,“लामो समयदेखि राजनीति गर्ने केही नेताहरूले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ ।”

भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला भन्दै देवकोटाले भनेका छन्,“तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔं ।”

जेठ ६ गते भएको चुनावमा देवकोटा बादलका प्रतिस्प्रधि थिए । देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमालेको माधवकुमार नेपाल पक्षको उमेद्वार बनेका थिए । बादल नेकपा एमालेको उमेद्वार थिए । चुनावमा विजयी भएको ५ दिनपछि देवकोटाले आफूलाई पटक पटक उमेद्वारी फिर्ताको धम्की आएको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !