६ आश्विन २०८१, आइतबार

एमाले नेतृ चौधरीले सचेकको रुपमा प्रयाग गर्दै आएको गाडी फिर्ता गरिन्

प्रकाशित मिति :  23 May, 2021 2:55 pm


काठमाडौं । नेकपा एमाले नेतृ शान्ता चौधरीले सचेतकको हैसियतमा प्रयोग गर्दै आएको गाडी फिर्ता गरेकी छन् ।

एमाले संसदीय दलको सचेतकको हैसियतले प्रयाग गर्दै आएको बा १ झ ९१६० नम्बरको गाडी आज संसद सचिवालयमा गाडी फिर्ता गरेकी हुन् । जिम्मेवारी मुक्त भएको भन्दै सांसद चौधरीले संसद सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्,“राज्यको साधन राज्यका लािग नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो ।”

नेतृ चौधरीले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) र केही महिना नेकपा ( एमाले ) संसदीय दलको सचेतकको रुमपा भूमिका गर्ने अवसरा पाएको र जिम्मेवारी प्रदान गर्ने आफ्नो पार्टीप्रति धेरै आभार व्यक्त समेत गरेकी छन् ।

उनले भनेकी छन्,“जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ , धेरै कुरा सिकाउँदो रहेछ , सिक्दै दायित्व निर्वाह गरें । धेरै साथीहरुको सल्लाह , सुझाव र बौद्धिक सहयोग पाउन सकें , पार्टी नेतृत्व र सिङ्गो पार्टी पंक्तिको साथ पाएँ , म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस !