दाङका अवैध क्रसर उद्योग तत्काल बन्द गर्न प्रशासनको निर्देशन,बैंक कारोबार रोक्का गर्ने चेतावनी
प्रकाशित मिति : 23 May, 2021 3:19 pm
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले कानून विपरीत सञ्चालनमा रहेका १० वटा क्रसर उद्योगलाई बैंक खाता र कारोबार रक्का गर्ने चेतावनी दिँदै तत्काल काम बन्द गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज विज्ञप्ति जारी गर्दै गत मंसिरमा नै क्रसर उद्योग बन्द गर्न निर्देशन दिइसकेको भन्दै अझै सञ्चालनमा रहेको पाइए विद्युत,खानेपानी लगायतका सेवा सुविधा बन्द गरिनुका साथै उद्योग र सञ्चालक समेतको बैंक खाता र कारोबार लगायत कामहरु रोक्का गरिने प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशासनले अनुमति नलिएर १० वटा उद्योगहरु सञ्चालनमा रहेको बताएको छ ।