लुम्बिनी प्रादेशिक तथा कोरोना अस्पतालमा उपचाररत रुपन्देहीका ७ र गुल्मीका ३ जनाको मृत्यु
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल तथा कोरोना विशेष अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार रुपन्देहीका ७ र गुल्मीका ३ जनाको मृत्यु भएको हो । हिजो बेलुकीदेखि आज दिउँसो सवा २ बजेसम्मको अवधिमा १० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१२ का ४२ वर्षीय पुरुष, बुटवल उपमहानगरपालिका-८ का ५६ वर्षीय पुरुष, बुटवल
उपमहानगरपालिका-११ का ७२ वर्षीय महिला, बुटवल उपमहानगरपालिका-११ कि ६१ वर्षीय महिला,रुपन्देही सियारी गाउँपालिका-५ का ५६ वर्षिय महिला, तिलोत्तमा नगरपालिका-२ का ६१ वर्षीय पुरुष, शुद्धोधन-६ का २६ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै गुल्मी ६ मालिकाका ४८ वर्षीय पुरुष, गुल्मी रेसुङ्गा-९ कै ६५ वर्षीय महिला, गुल्मीदरबार-५ का ४२ वर्षीय पुरुषको निधन भएको अस्पतालले जनाएको छ ।