नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा, साढे ११ अर्ब बढिको कारोवार
काठमाडौं। शेयर बजार परिसूचक नेप्से हालसम्मकै ऐतिहासिक रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आज शेयर ३२.८१ अंकले बढेर २८२० अंकको बिन्दुमा पुगेको छ। यो अंक हालसम्मकै उच्च बिन्दु हो।
आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले घटेको नेप्से परिसूचक कारोवार अन्त्य हुदाँसम्म ३२.८१ अंकले बढेको हो। आज २२० कम्पनीको सेयर ११ अर्ब ६९ करोड ५० लाख रूपैयाँ बढिको कारोवार भएको छ ।
आजको कारोवारमा होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त गरि तीन वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् ।
खरिदबिक्री रकममा ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल लाइफ इन्सुरेन्स र ज्योति विकास बैंक परेका छन् ।
आज शेयर बजारमा दुई करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।