६ माघ २०८१, आइतबार

गण्डकी प्रदेशमा ९४६ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

प्रकाशित मिति :  23 May, 2021 4:58 pm


काठमाडौं । गण्डकी प्रदेशमा थप ९४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४४३ जना महिला र ५०३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित मध्ये कास्कीमा २९५, म्याग्दीमा १८१, गोरखामा १७१, बागलुङमा ९५, स्याङ्जामा ९०, तनहुँमा ६१, नवलपरासी पूर्वमा २५, पर्वतमा १८, लमजुङ्मा ८ जना र मुस्ताङमा २ जना कोरोना संक्रमित भेटिएका छन् ।

मनाङमा भनेपछिल्लो २४ घण्टामा कुनै संक्रमित भेटिएका छैनन् । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको   छ ।

मृतक मध्य कास्कीमा ४, म्याग्दीमा ३, गोरखामा २ तथा नवलपरासी पुर्व, तनहुँ,लमजुङ र पवर्तमा १/१ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !