६ माघ २०८१, आइतबार

रोल्पाको सुनछहरी गाउँपालिकामा १४ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  23 May, 2021 5:13 pm


फोटो : जुनिसकुमार विष्ट

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गाउँपालिकाले आज गरेको एन्टिजेन परीक्षणमा ९ जना पुरुष र ५ जना महिला गरि १४ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले जानकारी दिए ।

गाउँपालिकाको केन्द्र पोबाङलाई केन्द्रित गरि गरिको परिक्षणमा २७ जना पुरुष र ८ जना महिलाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएकाहरूको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको संयोजक बुढाले बताए । स्वास्थ्य अवस्था सामान्य रहे पनि ५ दिनको लागि विभिन्न प्रकारका औषधि दिएको संयोजक बुढाले जानकारी दिए ।

पोजेटिभ देखिएकाहरु होम क्वारेन्टाइनमा बस्ने रस्वास्थ्यमा कुनै समस्या आएमा तत्काल आइसोलेशनमा लैजाएर थप उपचारको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष आशबहादुर पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !