६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा आफ्नो नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव

प्रकाशित मिति :  23 May, 2021 5:47 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठनको प्रस्ताव राखेका छन् ।

प्रेस चौतारी नेपालले गरेको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन आफू तयार रहेको भन्दै सरकारमा सहभागि हुन आग्रह गरे । सरकारको नेतृत्व भने आफूले गर्न पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दाबी गरेका उल्लेख गर्दै प्रधनमन्त्री ओलीले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।

संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दाबी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दाबी अस्वीकार गरेको उनको भनाई थियो ।

नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले निर्वाचन अगाडि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने सरकारको प्रयास हुने बताए । उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिनुभयो । एक प्रश्नका जवाफमा उहाँले पार्टीमा रहेर सरकारविरुद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !