६ आश्विन २०८१, आइतबार

प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा

प्रकाशित मिति :  23 May, 2021 8:38 pm


इन्चार्जकाे जिम्मेवारी लिंदै थापा ।

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निकट प्रेस चौतारी नेपालको इन्चार्जकाे जिम्मेवारी सूर्य थापाले सम्हालेका छन् ।

बालुवाटारमा आइतबार सम्पन्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगको प्रेस चौतारी नेपालका अगुवाहरूको अन्तरक्रिया कार्यक्रमकाबीच प्रेस चाैतारीका निवर्तमान इन्चार्ज राजेन्द्र गौतमले थापालाई संगठनको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

थापाले संगठन इन्चार्जको जिम्मेवारी सम्हालेको सामाजिक संजालमार्फत जानकारी गराउदै खुशी व्यक्त गरेका छन् ।

“प्रेस चौतारीको म सहइन्चार्ज हुँदा गणेश बस्नेत सर्वसम्मतिले अध्यक्ष चयन हुनुभएको थियो । र, उहाँ नै अध्यक्ष रहनुभएको यस बेला पार्टीले मलाई प्रेस चौतारी नेपाल र प्रेससम्बद्द संगठनहरूको इन्चार्जको थप जिम्मेवारी प्रदान गरेको छ,” उनले लेखेका छन् ।

उनले २०७१ यता सम्हालेको प्रदीप ज्ञवाली प्रमुख रहेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी समेत निरन्तर रहेको जनाएका छन् । उनी विभागमा २०६७ देखि २०७१ सम्म सचिवको रुपमा कार्यरत थिए ।

नयाँ जिम्मेवारीमा समन्वय, सहयोग, सुझाव र सहकार्यको लागि आग्रह गरेका छन् । हाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारका रुपमा कार्यरत थापाको स्थायी घर लुम्बिनी प्रदेशको प्यूठान हो ।

बालुवाटारमा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमपश्चात सामूहिक तस्वीरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली लगायत ।



प्रतिक्रिया दिनुहोस !