६ आश्विन २०८१, आइतबार

नेपाल पक्षले स्पष्टिकरण बुझाउने आज अन्तिम दिन,एमालेले स्थायी कमिटी बैठक बोलायो

प्रकाशित मिति :  24 May, 2021 1:31 pm


काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बस्ने छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने जानकारी गराएका छन् ।

उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । “विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्, तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ”, उनले भने ।

यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको   थियो । पार्टीले सोधेको स्पष्टीकरण पेश गर्न आज अन्तिम समयसीमा तोकिएको छ । स्पष्टिकरणको समय सकिने दिन नै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !