६ आश्विन २०८१, आइतबार

सर्वोच्च अदालतमा रिट दायर गर्न माधव नेपाल पक्षका २३ सांसदको हस्ताक्षर [सूचीसहित]

प्रकाशित मिति :  24 May, 2021 1:54 pm


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका २३ जना सांसदले सर्वोच्च अदालतमा रिट दर्ताका लागि हस्ताक्षर गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै अन्तिमा नेपाल पक्षबाट २३ सांसद् उभिएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यसअघि नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतमा दर्ताका लागि संकलन गरिएको हस्ताक्षरका क्रममा २३ जना उपस्थित भएको नेता विरोध खतिवडाले जानकारी दिए ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन् भने नयाँ हस्ताक्षर गर्नेमा कलिला खातुन रहेकी छन् ।

नेपाल पक्षका माधवकुमार नेपाल,झलनाथ खनाल, भीम रावल, मकुन्द न्यौपाने, घनश्याम भुसाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे,सोमप्रसाद पाण्डे,रामकुमारी झाँक्री,कलिला खातुन, कल्याणी खड्का, झपट रावल, दीपकप्रकाश भट्ट, नारायण खतिवडा, निरादेवी जैरु, मेटमणी चौधरी, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, यज्ञराज सुनुवार,भवानीप्रसाद खापुङ,दीपकप्रकाश भट्ट,कृष्णलाल महर्जन,लक्ष्मीकुमारी चौधरी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !