६ माघ २०८१, आइतबार

अर्घाखाँचीमा निषेधाज्ञा जेष्ठ २० सम्म लम्बियो

प्रकाशित मिति :  24 May, 2021 2:13 pm


अर्घाखाँची । अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले नयाँ आदेश जारी गर्दै वैशाख २० देखि जारी निषेधाज्ञा थप गरेका हुन् ।

अर्घाखाँचीमा कोरोना संक्रमण बढ्दै गएपछि वैशाख २० गतेदेखि निषेधाज्ञा सुरु भएको थियो ।

आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा संक्रमणको जोखिम कायमै रहेकोले समुदाय स्तरमा संक्रमणको न्यूनिकरणका लागि निषेधाज्ञा आवश्यक रहेको भन्दै थप गर्न सिफारिस गरेको थियो ।

केन्द्रको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी पौडेलले २० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !