६ माघ २०८१, आइतबार

एनआरएनए अफ्रिकाद्वारा चितवन रत्ननगर अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर

प्रकाशित मिति :  24 May, 2021 3:53 pm


चितवन । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत दोश्रो चरणमा आज चितवनको रत्ननगर टाडी अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

रत्ननगर नगरपालिकाकि उपमेयर बिमला दुवाडीको उपस्थितिमा रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई एनआरएनए सेसेल्सकी उपाध्यक्ष अनिता थापाले उक्त सिलिन्डर हस्तान्तरण गरेकी हुन् ।

१५ थान सिलिन्डर खरिदका लागि एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछाने , सचिव गौरी जोशी र एनआरएनए सेसेल्सको आर्थिक सहयोग रहेको छ ।

यस अघि गत हप्ता हस्तान्तरण गरिएको १० थान सहित कुल २५ थान अक्सिजन सहितका सिलिन्डर सहयोग रत्ननगर अस्पताललाई भएको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानको चितवन संयोजन सेसेल्स अध्यक्ष रामप्रसाद पन्तले गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !