६ माघ २०८१, आइतबार

कोभिड बिरामीलाई च्वनप्रास र संघ संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  24 May, 2021 5:40 pm


कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको नयाँ भेरिअन्टको संक्रमित संख्या बढ्दै गएपछि सुरक्षा सतर्कतामा खटिएका सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा बिभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री र कोरोना संक्रमित बिरामीका लागी च्वनप्रास हस्तान्तरण गरिएको छ ।

सेवाका लागी निरन्तर फ्रन्टलाईनमा खटिएका सुरक्षाकर्मी, पत्रकार तथा अन्य संघसंस्थाका कर्मचारीहरुका लागि नेपाली काँग्रेसका युवा नेता तथा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले कपिलवस्तु अस्पतालमा रहेका कोरोना संक्रमितका बिरामीह लाई च्वनप्रास र बिभिन्न संघसंस्थालाई आधारभूत स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

नेपाल प्रहरी,शसस्त्र प्रहरी, आखाँ अस्पताल,नेपाल परिवार नियोजन संघ,नेपाल रेडक्रस सोसाईटी,बाल मन्दिर, नेपाल पत्रकार महासंघ कपिलबस्तु र नेपाल बिद्युत प्राधिकरणका कर्मचारीहरुलाइ सामाग्री हस्तान्तरण गरिएको ज्ञवालीले जानकारी दिए ।

कोरोना संक्रमित बिरामीका लागि पनि वनप्रास र संघ संस्थालाई सर्जिकल मास्क, सनीटाईजर लगायतका सामाग्री उपलब्ध गराइएको ज्ञवालीले बताए ।



प्रतिक्रिया दिनुहोस !