६ आश्विन २०८१, आइतबार

विपक्षीद्वारा लुम्बिनीका मुख्यमन्त्री नियुक्तिको कागजात माग गर्दै प्रदेश प्रमुख कार्यालयमा निवेदन

प्रकाशित मिति :  24 May, 2021 5:57 pm


रुपन्देही । लुम्बिनी प्रदेशसभाका विपक्षी दलका सांसदहरूले सूचनाको हक प्रयोग गर्दै प्रदेश प्रमुखको कार्यालयसँग मुख्यमन्त्री नियुक्तिदेखि सांसदहरूको हस्ताक्षरसम्मका कागजपत्र माग गरेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका विपक्षी दलका सांसदहरूले नेपालको संविधान र सूचनाको हकसम्बन्धी २०६४ को दफा ३ बमोजिम हस्ताक्षरसहितको व्यहोरा माग गर्दै निवेदन दिएका हुन् ।

निवेदनमा संसद अधिवेशन अन्त्य तथा शंकर पोखरेलले एमाले संसदीय दलको नेताको रूपमा वैशाख १९ गते प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहितको निवेदनसँगै मुख्यमन्त्रीमा पुनः नियुक्त लगायतका कागजपत्र माग गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !