६ आश्विन २०८१, आइतबार

नेपाल र खनालसहित ११ नेता नेकपा एमालेबाट निकालिए,थप १२ जनासँग स्पष्टिकरण माग

प्रकाशित मिति :  24 May, 2021 7:38 pm


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई निष्काशन गरेको छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेकपा एमाले बनेपछि पनि लगातारको विवाद अन्तत निष्काशनको अवस्थासम्म पुगेको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले नेपाल र खनालसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरेर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठकले गत शनिबार स्पष्टिकरण माग गरिएको नेपाल र खनालसहित समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ,लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई साधारण सदस्य समेत नरहने गरेर निष्काशन गरेको हो ।

यससँग नेकपा एमाले विभाजन पक्का भएको छ । बैठकले थप १२ जनासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । स्पष्टिकरण सोधिएकामा विरोध खतिवडा,जीवनराम श्रेष्ठ,घनश्याम भुसाल,सोमप्रसाद पाण्डे,कृष्णलाल महर्जन,झपट रावल,भवानी प्रसाद खापुङ
यज्ञ सुनुवार,सुरेन्द्र पाण्डे,मेटमणि चौधरी,दिपक प्रकाश भट्ट,नारायण खतिवडा रहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेको र विपक्षी गठवन्धनसँग लागेको भन्दै एमालेले कारबाही प्रक्रिया अगाडी बढाएको हो । खनाल र नेपाल दुबै पूर्व प्रधानमन्त्री हुन् ।

नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएपछि नेपालले १५ वर्ष महासचिव भएर पार्टी चलाएका थिए । पछिल्लो विवादसँगै नेता र खनाल कारबाहीमा परेपछि एमाले विभाजन हुने पक्का देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !