६ आश्विन २०८१, आइतबार

निष्कासनमा परेपछि रावलले भने,‘हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ’

प्रकाशित मिति :  24 May, 2021 7:50 pm


काठमाडौं । नेकपा एमालेले निष्कासन गर्ने निर्णय गरेपछि नेता भिम रावलले उक्त निर्णयलाई हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो प्रारम्भिक टिप्पणी दिँदै भनेका छन्,“केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।”

उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने’ भनेर टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !