६ माघ २०८१, आइतबार

कपिलवस्तुमा गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्रका नेता पाण्डेको निधन

प्रकाशित मिति :  24 May, 2021 10:28 pm


काठमाडौं । कपिलवस्तुमा गत बुधवार गोली प्रहारबाट घाइते माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको निधन भएको छ ।

स्वास्थ्य थप जटिल बनेपछि आज मात्रै काठमाडौं पठाइएका पाण्डेको उपचारका क्रममा आजै निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् । ।

तौलिहवा–जीतपुर सडकखण्डमा पाण्डेमाथि गोली प्रहार भएको थियो । तौलिहवाका ३५ वर्षीय स्थायी बासिन्दा पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको थियो ।

घाइते पाण्डेको मेडिकल कलेज भैरहवामा उपचारका भइरहेको थियो तर थप उपचारका लागि काठमाडौं ल्याइएपनि आज उनको निधन भएको हो ।

पाण्डे,भारतीय नागरिक माहेम्मद निसार खान र रियाज अख्तर मुसलमान एउटै बाईकमा गणेशपुर ताल क्षेत्रबाट तौलिहवा जाँदै गरेका बेला मोटरसाइकलमा आएका समूहले पाण्डे पाण्डेमाथि लक्षित गर्दै माथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट पाण्डे र भारतीय नागरिक रियाज अख्तर मुसलमान घाईते भएका थिए । पाण्डेको पेट र ढाडमा गोली लागेको र मुसलमानको कुममा गोली लागेको प्रहरीले जनाएको छ ।

पाण्डेमाथि गोली प्रहारको आरोपमा जनता समाजवादी पार्टी लुम्विनी प्रदेश संसदीय दलका नेता सहसराम यादवका स्वकीय सचिव ओप प्रकाश यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !