५ आश्विन २०८१, शनिबार

भारतमा ४० दिनपछि कोरोना संक्रमितको संख्या २ लाख भन्दा कम,मृत्युमा पनि कमी

प्रकाशित मिति :  25 May, 2021 9:28 am


काठमाडौं । भारतमा कोरोना संक्रमणको लहर कम हुँदै गएको छ ।

४० दिनमा पहिलो पटक कोरोना संक्रमितको संख्या २ लाख भन्दा तल झेरेको छ । दैनिक ४ सयभन्दा माथि कोरोना संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार १ सय ८५ जना थपिएका छन् । मृतकको संख्यापनि कम भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ३,४९८ जनाको मृत्यु भएको छ । यसअघि भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरको तथ्याङ्क अनुसार दैनिक ४,४५४ जनासम्मको मृत्यु भएको थियो ।

संक्रमितको संख्या भन्दा निको हुनेको संख्या पनि धेरै रहेको छ । पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार भन्दा धेरै निको भएका छन् ।



प्रतिक्रिया दिनुहोस !