३ आश्विन २०८१, बिहिबार

लकडाउनको सदुपयोग गर्दै आमा बनिन् गायिका शान्तिश्री, छोरीसँग रमाउदै (फाेटाेफिचर)

प्रकाशित मिति :  25 May, 2021 12:16 pm


काठमाडौं । लोक दोहाेरी क्षेत्रकी लोकप्रिय गायिका शान्तिश्री परियार केही समययता सामाजिक संजालमा कम सक्रिय थिइन् । सन्तानकी आमा बन्दै गरेकी उनी केही समय बाहिर देखिएकी थिइनन् ।

बिवाह गरेको दश वर्षपछि उनी आमा बनेकी हुन् । र यतिबेला उनको दैनिकी छोरीको स्याहार सुसार बनेको छ । मातृत्वको भरपुर उपयोग गरिरहेको उनी  बताउँछिन् ।

साेमबार उनले छाेरीकाे अन्नप्राशन गरेकी छिन् । छोरीको नाम श्रीविन्दू राखेकाे उनले बताइन् । निषेधाज्ञाका कारण उपस्थित हुन नसकेका परिवारजनसँग उनले भर्चुल सम्वाद गरेकाे फाेटाे पनि सार्वजनिक गरेकी छिन् ।

गलन्दी , बोल माया चौका दाउँ, लाउन्न दाजै पिरती, म झरेको पात लागायतका दर्जनौ गीतहरुले नेपाली दर्शक श्रोताहरुको मन जीत्न सफल भएकी छिन् शान्तिश्री ।

नेपाली लोकदोहरी क्षेत्रमा चर्चामा रहने नामहरुमध्य शान्तिश्री अग्रपंक्तिमा आउछ । उनको शालीन् व्यक्तित्व र सरल स्वभावले सबैको मन जितेको छ ।

रोल्पाको एक सामान्य परिवारमा जन्मिएकी गायिका शान्तिश्री गीतहरुको लोकप्रियताकै कारण विश्वका कयौं देशहरुमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

दश वर्ष अघि बैवाहिक जीवनमा बाँधिएकी शान्तिश्री विभिन्न स्टेज कार्यक्रम तथा गीत रेकर्डिङ र सुटिङको व्यवस्ताको कारणले सन्तान जन्माउने विषयमा ठोस योजना बनाउन नसकेको बताउँछिन् । अब भने उनमा खुशीकाे सीमा छैन ।

पछिल्लो समय कोरोनाको प्रभावले लामो समय सम्म लकडाउन हुने र स्टेज कार्यक्रम तथा अन्य सांगीतिक कार्यक्रमहरु कम हुने भएपछि आफूहरुको लागि यो समय सन्तान जन्माउनका लागि उत्तम लागेर योजना बनाएको लुम्बिनी संचारसँग अनुभव सुनाइन् ।

योजना अनुसार नै गत माघ दश गते छोरीको जन्म भयो । आमा बन्न पाउँदा अत्यन्त खुशी भएको र आफ्नौ वैवाहिक जीवनले पूर्णता पाएको उनले बताइन् ।

शान्तिश्रीका श्रीमान नारायण भुजेल सामाजिक कार्यकर्ताकाे रुपमा क्रियाशील छन् ।

तस्वीररूः शान्तिश्रीको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस !