६ आश्विन २०८१, आइतबार

प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे सभामुख सापकोटा पूर्वसभामुखसँग छलफलमा

प्रकाशित मिति :  25 May, 2021 2:19 pm


काठमाडौं । सभामुख अग्नि सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरिरहेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि उनले पूर्वसभामुखहरूसँग छलफल गरेका हुन् ।

सभामुख सापकोटाले यसअघि नै प्रतिनिधि सभा विघटन गलत भन्दै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।

सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनको अवस्थाबारे सुझावका लागि पूर्वसभामुखहरूलाई छलफलमा बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा विघटनपछि बहुमत सांसदले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् भने विरोध भइरहेको छ । सभामुख सापकोटामाथि बैठक बोलाउन समेत दबाव परिरहेका बेला छलफलमा जुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस !