६ आश्विन २०८१, आइतबार

वनमन्त्री आलेले सार्वजनिक गरे अक्सिजन सिलिण्डर खरिद गरेको बिल

प्रकाशित मिति :  25 May, 2021 2:44 pm


काठमाडौं । अनुदानको अक्सिजन सिलिण्डरमा आफ्नो फोटोसहितको स्टिकर टाँसेको आरोप लागेपछि वन तथा वतावरण मन्त्री प्रेम आलेले खरिद बिल सार्वजनिक गरेका छन् ।

वनमन्त्री आलेले जिल्ला अस्पताल डोटीलाई हिजो हस्तान्तरण गरको सिलिण्डरलाई लिएर अलोचना सुरु भएको थियो । चीनले अनुदानमा दिएको सिलिण्डर लगेर आफ्नो फोटोसहिटको स्टिकर टाँसेको भन्दै आलोचना भएपछि आफैले खरिद गरेको बिल सार्वजनिक गरेका हुन् ।

मन्त्री आलेले सेती प्रादेशिक अस्पताल कैलालीमा आज सिलिण्डर हस्तान्तरण कार्यक्रममा आफैले खरिद गरेर वितरण गरेको बताएका थिए । उनले आफूले चीनबाट प्राप्त अनुदान १५ वटा खाली सिलिण्डर मात्रै ल्याएको बताएका थिए ।


वनमन्त्री आलेले वितरण गरेको अक्सिजन सिलिण्डर भाइरल,‘सानो त्रुटी’ले ठूलो सहयोग ओझेलमा


बाँकी सबै आफूले नै सिलिण्डर खरिद गरि भरेर अस्पतालमा उपलब्ध गराएको बताएका छन् । उनको सचिवालयले सार्वजनिक गरेको बिल अनुसार ४० लिटरको सिलिण्डर २३ हजारमा खरिद गरेको देखिन्छ । खरिद बिल हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस !