७ माघ २०८१, सोमबार

एनआरएनए अफ्रिकाद्वारा गुल्मीको जोहाङ्ग र भर्सेका लागि १० थान अक्सिजन सिलिण्डर सहयोग

प्रकाशित मिति :  25 May, 2021 3:24 pm


काठमाडौं । एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत १० थान भरिएको अक्सिजन सिलिन्डर गुल्मी पठाइएको छ ।

गुल्मी सत्यवती गाउपालिका स्वास्थ्य प्रमुख सूर्य बहादुर रानालाई भरिएको सिलिण्डर हस्तान्तरण गरिएको थियो । अक्सिजन सिलिन्डरहरु गुल्मी जिल्लाका जोहाङ्ग र भर्से स्वास्थ्य चौकीमा आजै पु¥याइने प्रमुख रानाले जानकारी दिएका छन् ।

एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिका तर्फबाट लुम्बिनी क्षेत्रको संयोजन गरिरहेका एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्रीका अनुसार यस सहयोगका लागि एनआरएनए बोत्स्वाना अध्यक्ष पदम भन्डारी र हङ्गकङ्ग बाट कुलबहादुर बुढाथोकीले आर्थिक सहयोग गरेका छन् ।

एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाका अनुसार पाल्पाको जिल्ला अस्पताल र रामपुर अस्पतालमा अक्सिजिन सिलिन्डर आजै बितरण गरिने र स्याङ्जाको लागि व्यवस्थापन गर्दै गरिएको बताए ।

थापाका अनुसार यस अघि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियानले चितवनको रत्ननगर अस्पताल , कैलालीको टीकापुर अस्पताल , परासी अस्पताल , पुर्व नवलपरासी को रजहर अस्पताल , बाराको सिमरा स्वास्थ्य केन्द्र र इलाम अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग गरिसकेको छ । साथै अछामको मङ्गलसेन र बयालपाटा अस्पतालमा अक्सिजिन सिलिन्डर पुराइएको छ ।

त्यसै गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान , जुम्लामा पनि सहयोग पठाउने तयारी हुदैछ । हाल सम्म १२५ थान अक्सिजन सिलिन्डर खरिद सहित र ६५९ थान रिफिल्ड्ड अक्सिजन सहयोग यस अभियानले १० जिल्लामा हस्तान्तरण गरि सकेको छ ।



प्रतिक्रिया दिनुहोस !