नेप्सेमा सामान्य करेक्सन भएपनि कारोबार रकममा आयो उछाल
काठमाडौं । हिजो हालसम्मकै सर्वाधिक उच्च अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने ओरालो लागेको छ । मंगलबार नेप्से ६.५० अंकले घटेर २८१६.५६ अंकमा रोकिएको छ । त्यस्तै राम्रा तथा बलिया कम्पनीको सेन्सेटिभ सूचक पनि ४.५१ अंकले घटेर ५०३.९९ अंकमा रोकिएको छ ।
नेप्सेमा आज कारोबार भएका कुल १ ल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ ।
मंगलबार नेप्सेमा कारोबारको आधारमा अरुण काबेली अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ८३ लाख ३७ हजार ५ सय ८९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज ४ ओटा कम्पनीको सेयर सकरात्मक सर्किट लेवलमा कारोबार भएको छ । जसमध्ये बरुण, माउण्टेन हाइड्रो नेपाल लिमिटेड, यूनिर्भसल पावर कम्पनी र घलेम्दी हाइड्रो रहेका छन् ।
नेप्सेमा आज २१९ वटा कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएको छ ।